हेटौंडा । जेसीआई बकैयाको वर्ष २०२५ को अध्यक्ष पदमा सौभाग्य दुतराज चयन भएका छन् । शुक्रबार सम्पन्न साधारणसभाले दुतराजलाई सर्वसम्मत् अध्यक्ष चयन गरेको हो ।
जसमा कार्यकारिणी उपाध्यक्षमा विवेक बोलखे र आशिष बास्तोला चयन भएको निर्वाचन आयुक्त अमोद बस्नेत जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा सुनिल भोम्जन, समीर कार्की, विष्णु घिमिरे र रोजित लामिछाने चयन भएका छन् । यस्तै, नवनिर्वाचित अध्यक्षले पदस्थापनको दिन महासचिव, कोषाध्यक्ष, कानूनी सल्लाहकार र शाखा सम्पादक लगायतका पदमा मनोनित गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस्

















