हेटौँडा । बागमती प्रदेश सभा बैठक यही भदौ १५ गते बस्ने गरी आह्वान गरिएको छ । प्रदेश सभा सचिवालय हेटौँडाले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।
प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जारी गरेको सूचनामा प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको छ ।
प्रदेश सभाका बैठक भदौ १५ गते दिउँसो २ बजे बस्ने उक्त सूचनामा भनिएको छ । सो बैठकमा प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेश हुनेछ ।
बैठकमा विशेष समय र शून्य समयको कार्यसूचि रहने पनि जनाइएको छ ।
प्रतिकृया दिनुहोस्















