खोलाले बगाएका विनोद बम्जनको शव दुई दिनपछि फेला

file-photo

मकवानपुर । कार्की खोलाले बगाएर हराएका मकवानपुरगढी गाउँपालिका–२ तल्लो छाप बस्ने विनोद बम्जनको शव दुई दिनपछि फेला परेको छ।

यही भदौ ६ गते दिउँसो साढे ३ बजे मकवानपुरगढी गाउँपालिका–७ सुकौरा तर्फको पसलबाट घर फर्कने क्रममा तल्लो छापस्थित कार्की खोलामा राखिएको होमपाइप तर्दै गर्दा अचानक खोला बढेपछि बगाएका उनको शव आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, २५ वर्षीय विनोदको शव आज दिउँसो १ः४० बजे मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित राप्ती खोलाको बगरमा उत्तानो अवस्थामा भेटिएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा पुगेको टोलीले मुचुल्का कार्य सम्पन्न गरी शवलाई हेटौँडा अस्पतालको शव गृहमा राखेको थियो।

सोही दिन दिउँसो करिब ४ः१० बजे मृतकका आफन्त अस्पताल पुगेपछि बहिनी सम्झना बम्जनले मृतकको बाँया कान सानो भएको आधारमा सनाखत गरेकी थिइन्। उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्याले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.