हेटौँडामा भएको दुर्घटनामा गम्भीर घाइते महिलाको मृत्यु

हेटौँडा । पूर्व–पश्चिम राजमार्ग सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, स्थित पशुपतिनगरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा घाइते भएकी वीरगन्ज महानगरपालिका १३ मुर्ली बस्ने कविता जोशी श्रेष्ठको हेटौँडा अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार, शनिबार रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नं. को मोटरसाइकल र विपरीत दिशा हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ९०६९ नं. को मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।

बा.प्र.०३ ००५ प ९०६९ नं. को मोटरसाइकलका चालक वीरगन्ज १३ का ४८ वर्षीय प्रविण श्रेष्ठलाई चोट लागेको र मोटरसाइकल पछाडि सवार निजको श्रीमती ४३ वर्षीया श्रेष्ठलाई हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ७ ख ५०१० नं. को बसमा समेत ठोक्किन गई गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको थियो ।

कविताको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । दुवै मोटरसाइकल, ठक्कर दिने मोटरसाइकलका चालक, बस र बस चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भयरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.