आज भीमसेन जात्रा, बेलुकी ९ बजे रथ यात्रा

मकवानपुर । आज भाद्र कृष्ण नवमी तीथी देशका धेरैभागमा भीमसेन जात्रा हुने गरेको छ । नेवार समुदायले भने यसलाइ “भिं म्ह ध्द्य’’ अर्थात कुशल भगवानको रुपमा पुजीन्छ । आज भीमफेदी लगायत ललीतपुर पाटन, पाल्पा,बिरगंज,दोलखा र देशभरका भीमसेन पिठ हरुमा भब्य पुजा आजा र रथ परीक्रमा हुन्छ ।

ध्दापर युगमा पांचपाण्डब कौरब हरुसंग पासा हारेपछि शर्तनामानुसार गुप्तबासको क्रममा लाहा गृहमा आगलागेर तेहाबाट अलपभएका पाण्डबहरु महाभारत श्रृङ्खला पर्बत हुदै यात्राको क्रममा हिडम्बाअसुर राज्य मा प्रबेशगरी तेहा हिडम्बा संग लडाइगरी बिजय भएर कान्तीपुर तर्फ लाग्दा पुर्बतर्फ रहेको बिशाल पहाडको फेदमा आईपुग्दा बिहानीको भाले बासेको कारण गुप्तबासमा रहेका पाण्डबहरु यहिबाट अलप भएपश्चात भीमबली शिलामा रहेकोले बिशाल पहाडको फेदीमा भीमसेन अलप भएर शिलाको रुपमा रहेको ले यस स्थानको नामाकरण भीमफेदी रहन गएको हिमबत खण्ड पुराण मा पाईन्छ ।

भीमसेन लाइ परक्रमी र बलवान रुपमा पुजीन्छ भने नेवाःसमुदायले “भिं म्ह ध्द्य’’ को रुपमा पुजा गर्ने र जातरा परिचालन गर्ने गरेको छ । जात्रा समितिको कथन अनुसार कृष्ण अष्टमीका दिन देबता जगाएर मन्दिरमा राखेको मुकुट लाइ भाद्र कृष्ण नवमी तीथी का दिन रथमा राखी परिक्रमा गर्ने बताएको छ ।

यसैगरी, रथ परिक्रमा पारीबजार भीमसेन मन्दिर बाट राती ९ बजे आरम्भ भएर बिहानि भालेले डाको नछाड्दै मन्दिर भित्र प्रबेश गराउने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.