बागमती सरकारले पायो पूर्णता

हेटौँडा । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार पाँच मन्त्री नियुक्त भएसंगै बागमती सरकारले पूर्णता पाएको हो ।

साउन २० गते नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले सरकार गठनको १० दिनपछि दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएको हो ।

प्रदेश सांसद् प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई मन्त्रीमा नियुक्त गरेसँगै बागमती सरकारले पूर्णत पाएको हो ।

प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिमा सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी दिइएको छ ।

यसअघि विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका शिवराज अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.