युवा दिवसको अवसरमा विचार गोष्ठी र सम्मान कार्यक्रम

मकवानपुर । २६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरले बिचारगोष्ठी एवम् सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रम अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुर अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका पूर्व मूख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको हो ।

सामाजिक र राजनीतिक विकासमा युवाको भूमिका विषयक विचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथि जम्कट्टेलले युवाहरु समाज विकासको मेरुदण्ड भएको बताए । उनले युवाहरु अध्ययनशील हुनुपर्ने बताए । समाजबाद हुँदै साम्यवादको अभियानमा युवाहरुलाई केन्द्रीत हुन जम्कट्टेलले आग्रह गरे ।

यसैबिच मंगलबार नेकपा (माओवादी केन्द्र) मकवानपुरको सभाहलमा भएको कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याउने ७ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा सञ्चारकर्मी राजकुमार के.सी., प्राध्यापकहरु उत्तम अर्याल, गौतम के.सी., स्वास्थ्यकर्मी जयराम रायमाझी, निशुल्क लेखापालन तालिमको सहजकर्ता किशोर अर्याल, जिल्ला खेलकुद समिति अध्यक्ष राजकुमार मोक्तान, जनयुद्धकी घाईते युवा सिलाई ब्यवशायी अमृता पाख्रिन रहेका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रबागमती प्रदेश उपाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, बागमती प्रदेश सचिवालय सदस्य ललितबहादुर घलान, लक्ष्मी पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.