ज्योति वनको आयोजनामा वृक्षारोपण

हेटौंडा । ज्योति सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–१८ गुम्बाडाँडाले आज बुधबार वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । समूहको नवनिर्मित भवन उद्घाटनको पूर्वसन्ध्यामा विभिन्न प्रजातिको विरुवाहरु वृक्षारोपण गरिएको हो ।

समूहका अध्यक्ष रामबाबु खतिवडाले नव निर्मित भवन वरिपरि समी, म्याङ्गो स्टिक, करबीर, कल्की लगायतका विरुवा रोपिएको बताए । उनका अनुसार विरुवा रोप्ने कार्य महत्वपूर्ण नभई यसको संरक्षणमा मुख्यतया ध्यान आग्रह गरे ।

अध्यक्ष खतिवडाले विश्व वातावरण दिवसको अवसर पारेर छिट्टै नै विभिन्न प्रजातिका ४ सय विरुवा उपभोक्ताहरुलाई वितरण गरिने जानकारी दिए ।

कार्यक्रममा समूहका उपाध्यक्ष रेखा खतिवडा, वंशगोपाल बचत तथा ऋण सहकारीका सचिव वरुण खतिवडा, सल्लाघारी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर सिलवाल, बद्रीनाथ अधिकारी, कालिका दुग्ध डेरीका उपाध्यक्ष मान बहादुर थापा, समूहका पदाधिकारी, लेखा समिति सदस्य देवकी कोईराला लगायतको सहभागिता रहेको थियो ।

यहि साउन २३ गते शुक्रबारका दिन समूहको भवन उद्धघाटन हुँदैछ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.