हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौँडामा बुधबार बिचार गोष्ठी सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मकवानपुरको आयोजनामा बिचार गोष्ठी सम्पन्न भएको हो ।
हेटौँडा ४ नम्बर वडास्थित शितलमहल चोक नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मकवानपुरको कार्यालयमा भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य घन प्रसाद गौतमको प्रमुख आतिथ्यता तथा पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालको सभाध्यक्षता रहेको थियो ।
सो क्रममा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य घनप्रसाद गौतमले जनताले काम गर्ने नेता खोजेको बताए । भाषण गर्ने नेता नेपालमा धेरै छन् तर काम गर्ने नेतालार्इ आम जनताले मन पराउने उनको भनाई छ ।
उनले काम गरेर जनताको मन जित्न सकिने बताए । आगामी २०८४ आउन धेरै समय बाँकी छैन अब सबैले काम गर्न सरु गर्नुपर्ने बताए । यसो गरेमा मात्र कम्रेड पुष्पलाल प्रती सच्चा श्रद्धान्जली पुग्ने गौतामको भनाइ थियो ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य राजाराम स्याङ्तान, केन्द्रिय सल्लाहकार समिति सदस्य यादव गजुरेल, बागमती प्रदेश सदस्य माधव प्रसाद तिमल्सिना, कृष्ण बहादुर सापकोटा, पार्टीका जिल्ला उपाध्यक्ष धुर्ब भुजेल, सचिव किशोर बर्तौला, नगर अध्यक्ष विष्णुमाया लामा लगायतकाको आतिथ्यता रहेको थियो ।

















