विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका सवालमा संचारकर्मीहरुसँग अन्तरक्रिया

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका सवालमा संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगरलवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण बहादुर शाहीको सभाध्यक्षता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सम्बोधन गर्दै कानुन मन्त्री लामिछानेले विपद्को समयमा पत्रकारहरु जिम्मेवार भएर काम गर्न आग्रह गरे । गलत सुचना प्रवाह थप क्षति र जोखि बढ्ने हुँदा जिम्मेवार हुन सुझवा थियो । मन्त्री लामिछानेले विपद्जन्य घटना हुन नदिन मन्त्रालयले पुर्व तयारी गरिरहेको जानकारी दिए । साथै विपद् व्यवस्थापन कोषमा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि १० करोड बजेट विनियोजन गरिएको समेत उनको भनाई छ ।

कार्यक्रममा मन्त्रालयका विवद् जोखिम न्युनीकरण तथा व्यवस्थापन महाशाखामा कार्यरत अधिकृत अस्मिता ज्ञवालीले मनसुन पुर्व तयारी तथा प्रतिकार्यमा प्रदेश सरकारको पुर्वतयारी र अवस्थाका बारेमा प्रस्तुतीकरण दिएकी थिईन् ।

त्यसैगरी, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यक्रम संयोजक कृष्ण बस्नेतले परियोजनाको परिचय , उदेश्य र लक्ष्यका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

साथै , सेभ द चिल्ड्रेनका मानवीय सहायता र डिआरआर संयोजक रविन दाहालले पुर्वानुमानमा आधारित पुर्व कार्य र विपद संवेदनशिल सामाजिक सुरक्षा सम्बन्धी अवधारणा र यसको महत्वको विषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा पिपुल ईन निड का कार्यक्रम व्यवस्थाप नविन श्रेष्ठले विपद् जोखिमको अवस्थामा वित्तिय व्यवस्थापन र विपद् संवेदनशीलता र विपद् सुचना सम्प्रषणमा सञ्चार जगतको भुमिका र योगदानका साथै नमुना रिपोर्टिङ अभ्यासका विषयमा सञ्चारकर्मी देवराज पन्तले प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा मन्त्रालयका प्रशासन, योजना तथा सुचना समन्वय महाशाखा÷शान्ति सुरक्षा महाशाखा प्रमुख अधिकृत हरिहर पोखरेल, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन महाशाखा प्रमुख सुरेश खनाल, शान्ति सुरक्षा महाशाखा प्रमुख पदम ओझा, कानुन महाशाखा प्रमुख भुवन न्योपाने, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आथित्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.