मकवानपुर । हेटौँडा उपमहानगरका विभिन्न स्थानबाट चोरीभएको दुई वटा ट्रक चोरी भएको दुई वटा ट्रक मकवानपुर प्रहरीले फेला पारी शनिबार सवारी धनीलाई बुझाएको छ ।
चोरी भएको दुवै ट्रक चितवनको खैरहानी नगरपालिका वडा नं. ९ स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डको किनारमा फेला पारी कार्यालयमा ल्याई सम्बन्धित धनी बुझाइएको मकवानपुरको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार, हेटौँडा उपमहानगरपालिका वडा नं. १२ का ईश्वर बलामीले सञ्चालन गर्दै आएको ना. ३ ख. ७३२० नं.को ट्रक गत वैशाख ३० गते हेटौँडा ११ नवलपुरस्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको र वडा नं. ३ का हरि बहादुर डङ्गोलले सञ्चालन गर्दै आएको मे. १ ख. १४५७ नं. को ट्रक यही जेठ १ गते आफ्नै घर अगाडिबाट चोरी भएको भएको थियो ।
चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको पनि प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















