हेटौँडा । अभिनेता राजेश हमाल अभिनित चलचित्र ‘नरसिंहा अवतार’ को टोली शनिबार हेटौंडामा आइपुगेको छ । यही जेठ ९ गतेदेखि प्रशर्दनमा लाउन लागेको ‘नरसिंहा अवतार’ को प्रचारप्रसारको क्रममा हेटौँडा आइपुगेको हो ।
हेटौँडामा पत्रकार सम्मेलन गरी चलचित्र ‘नरसिंहा अवतार’ विविध आयाम, अन्य चलचित्रभन्दा फरक पक्षलगायतका बारेमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा निर्माता नरेन्द्र महर्जनले लामो प्रयासपछि महानायक राजेश हमाललाई लामो प्रयासपछि चलचित्रमा ल्याउन सफल भएको जानकारी दिए ।
देशमा रहेको विकृति लगायतका सवाललाई चलचित्रले उठान गरेको निर्माण पक्षको जिकिर गरेको छ । अर्का निर्माता दीपक शर्मा ढकाल र धु्रव न्यौपानेले यो चलचित्रबाट महानायक राजेश हमालले आठ वर्षपछि नेपाली फिल्म क्षेत्रमा पुनरागमन भएकोले दर्शकको माया पाउने प्रति विश्वस्त रहेको बताएका छन् ।
सो अवसरमा चलचित्रका नायक राज कटुवाल र सनिशा भट्टराईले चलचित्रमा कथा अनुसार आफूहरु भूमिका निर्वाह गरी न्याय गरेको र दर्शकले पनि न्याय गर्ने विश्वास व्यक्त गरेका छन् ।

















