मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरी गाउँपलिका वडा नम्वर ७, लच्कास्थित हिजो बिहीबार साँझ मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको नम्बर नखुलेको एनएस मोटरसाइकलले हाल नामथर, वतन नखुलेको अन्दाजी ६१ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्र्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, हिजो साँझ साढे ८ बजेको समयमा बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते उनलाई तत्काल उपचारको लागि मनहरी अस्पतालमा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि राति नै हेटौंडा अस्पतालमा लगिएकोमो राति ९ः४२ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
ती महिलालाई ठक्कर दिई फरार भएको मोटरासइकल खोजतलास गर्ने क्रममा साढे ९ बजेको समयमा मोरसाइकल चालक मनहरी–६, प्रतापुर बस्ने वर्ष ३२ को मन्शु गुरुङलाई निजकै घरबाट बा ६२ प. १११४ नं. को मोटरसाइकलसहित नियन्त्रणमा लिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।














