मकवानपुर । नेपाल विद्यार्थी संघ, ताप्लेजुङ जिल्ला कार्यसमितीले एक दिवसीय प्रशिक्षण कार्यक्रम गरेको छ । मंगलबार संघले जिल्ला समिति, पालिका समिति, जिल्लाको सबै पालिकामा रहेको स्कुल र क्याम्पस इकाई समितिको विद्यार्थी लक्षित एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
नेविसंघ केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला सभापति गजेन्द्र तुम्याङको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा निवर्तमान नेपाली कांग्रेस जिल्ला पार्टी सभापति एवम् प्रतिनिधीसभा सदस्य लिला देवि बोखिम, पुर्व पार्टी सभापति केशव प्रसाद दाहाल, प्रमुख प्रशिक्षक नेविसंघ पुर्व केन्द्रीय उपाध्यक्ष प्रमोदहरि गुरागाई, जिल्ला पार्टी उपसभापति दिल्लिरमन बराल, जिल्ला पार्टी सचीव तथा मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङगाङम, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्की, मैवाखोला गाउँपालिका उपाध्यक्ष असलि वनेम, प्रशिक्षक नेपाली कांग्रेस युवा नेता सचिन तिमल्सिना, नेविसंघ प्रशिक्षण विभाग प्रमुख नारायण पाण्डे, आईटी प्रशिक्षक अनुकुल रग्मी, क्षेत्रीय सभापति, विभिन्न पालिका सभापति, तरूण दल, नेवि संघ केन्द्रीय सदस्यलगायतको उपस्थिति थियो ।
कार्यक्रम नेविसंघ ताप्लेजुङ जिल्ला सभापति लोकेश लिम्बूको सभाध्यक्षतामा सम्पन्न भयो ।


















