भन्सार छलीको ३ लाखको कपडा बरामद

हेटौंडा भन्सार छलेर ल्याएको ३ लाख ६ हजार रुपैयाँ बराबरको कपडा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट ३ लाख ६ हजार ७ सय रुपैयाँ बराबरको लत्ता कपडा र खाद्यान्न बरामद गरेको हो ।

वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको सवारी साधनहरु रोकेर चेकिङ गर्ने क्रममा बिल बिजक नभएको भन्सार छलीको सामान पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले ती सवारी साधनबाट लत्ता कपडा र खाद्यान्न सामग्री बरामद गरेको प्रहरीको भनाई छ । बरामद गरिएको सामान आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.