गाँजासहित महतो पक्राउ

हेटौंडा पर्साको जगरनाथपुर गाउँपालिका ४ हरपुरका ३३ वर्षीय राज कपुर महतो मकवानपुरबाट अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय मनहरीको टोलीले ५ किलो १० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

मनहरी गाउँपालिका ८ मनहरी खोलास्थित बगरको कच्ची सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका उनको साथबाट प्रहरीले गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

महतोले पछाडी भिरेको झोलाभित्र लुकाएर ल्याएको अवस्थाको गाँजा फेला परेको प्रहरीको भनाई छ । गाँजासहित पक्राउ परेका महतोलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप अनुमती लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.