मकवानपुर । बागमती प्रदेशमा यही वैशाख २४ गते बुधबार सार्वजनिक विदा दिइएको छ ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।
बागमती प्रदेश राजपत्रको खण्ड (८) संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ गते प्रकाशित सूचना बमोजिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विदा दिएको जानकारी दिएको छ ।
बागमतीमा गत वर्ष वैशाख २४ गतेदेखि सरकारी कामकाजको भाषाको शुभारम्भ भएपश्चात प्रदेश सरकारले हरेक वर्ष सो दिनमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्















