वाइसीएल मकवानपुरको जिल्ला सम्मेलन हुँदै

मकवानपुर । नेकपा माओवादी केन्द्रको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल मकवानपुरले यही वैशाख १३ गते जिल्ला सम्मेलनको आयोजना गर्ने भएको छ । वाइसीएलले पाँचौ जिल्ला सम्मेलन हेटौंडामा गर्ने भएको हो ।

हेटौंडाको पल्पसा हलमा हुने सम्मेलनको लागि तयारीलाई तीव्र पारिएको वाइसीएल मकवानपुरका अध्यक्ष लवराज ठकुरीले जानकारी दिए । उनका अनुसार, सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ ले गर्नेछन् ।

उद्घाटनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वाइसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ लगायत तीन सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

उक्त सम्मेलनले वाइसीएल मकवानपुरको आगामी कार्यकालको लागि ११ जना पदाधिकारीसहित ७१ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.