हेटौंडाबाट खैरो हेरोइन र गाँजासहित युवक पक्राउ

मकवानपुर । हेटौंडाबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडास्थित शंकास्पद अवस्थामा बसेका युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका गढन्त घर भई हाल हेटौंडा–४ मा डेरागरी बस्दै आएका २६ वर्षीय कुमार लामा रहेका छन् ।

प्रहरीले उनको शरीर तथा डेराकोठामा खानतलासी गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा ३२० मिलिग्राम खैरो हेरोइन र ३०० मिलिग्राम गाँजाको धुलो बरामद गरेको जनाएको छ ।

बरामद गरिएको लागूऔषधसहित लामालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.