हेटौंडाबाट भैंसेपाटीतर्फ जाँदै गर्दा गाँजासहित २ जना नियन्त्रणमा

ललितपुर । हेटौंडाबाट ललितपुरको भैंसेपाटीतर्फ जाँदै गरेका दुई जनालाई अवैध लागूऔषध गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार बिहान ललितपुरको बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा छपेली क्षेत्रमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–४ बस्ने ३७ वर्षीया सुन्तली तामाङ रहेका छन् । पक्राउ परेका अर्का व्यक्तिको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट भैंसेपाटीतर्फ आउँदै गरेको बा ८६ प ४००९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा सवार दुई जनाको साथबाट ७ किलो ५ सय २४ ग्राम गाँजा बरामद गरेपछि निजहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, बरामद गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.