मकवानपुर । हेटौँडाकी मन्दिरा मोक्तानको नाम समानुपातिक सांसद्को सूचीमा समावेश भएको छ । श्रम संस्कृति पार्टीले समानुपातिक सांसद्को नाम टुंग्याएसँगै मोक्तानको नाम समावेश भएको हो ।
सो पार्टीले समानुपातिक तर्फ ४ जनाको नाम सिफारिस गरेको हो । जसमा पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मोक्तानको नाम टुंग्याएको हो ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद् पाउने गरी मत पाएको छ । तीमध्ये खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुंगो लगाइएको छ ।
प्रतिकृया दिनुहोस्















