हेटौँडाबाट लागूऔषधसहित दुई जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२, सोलामारी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९ ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ बनस्पती बस्ने ३८ वर्षीय निर बहादुर भोलन समेत २ जनलाई बुधबार राति पक्राउ गरेको हो ।

प्रहरी चौकी पदमपोखरी समेतबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०३–००५ प २४१३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.