आज देशभर महाशिवरात्रि मनाइँदै

मकवानपुर । हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि आज देशभर मनाइँदैछ । श्रद्धा, भक्ति र उत्साहका साथ आज महाशिवरात्रि मनाइने भएको हो ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व भगवान् शिवको आराधना तथा उपासनाका रूपमा विशेष महत्वका साथ लिने गरिन्छ ।

आज बिहानैदेखि देशभरका शिव मन्दिरहरूमा भक्तजनहरु जनेछन् । उपवास बस्ने, बेलपत्र, धतूरो, दूध तथा जल चढाएर पूजा–अर्चना गर्ने परम्परा रहेको छ। रातभर जाग्राम बसेर शिव भजन–कीर्तन तथा आरती गर्ने चलन पनि छ ।

धार्मिक मान्यताअनुसार आजकै रात भगवान् शिवले ताण्डव नृत्य गरेको तथा पार्वतीसँग विवाह भएको विश्वास पनि छ । त्यसैले यस दिन व्रत, पूजा र ध्यान गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ।

यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, भजन–कीर्तन तथा दीप प्रज्वलनका कार्यक्रमसमेत आयोजना गरिएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.