हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ८ मा रहेको सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस मनाइएको छ । आज एक कार्यक्रमको आयोजना गरी संस्थाको सातौँ स्थापना दिवस माइएको हो ।
सो अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको अध्यक्षता तथा वडा ८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सहकारीले जेष्ठ नागरिक सदस्यतर्फ वेदप्रसाद दुलाल र केशब प्रसाद रिजाललाई सम्मान गरिएको थियो । सबैभन्दा बढी शेयर भएका सदस्य अमृत लामिछाने, उत्कृष्ट मासिक बचतकर्ता रेणु महोत्रा, आवधिक बचततर्फ राधिका पौडेल, शिवभक्त अधिकारी र लक्ष्मण बहादुर विष्ट, शैक्षिक सत्र २०८२ को एमबिबिएस परीक्षा उर्तिण गरी पूर्ण छात्रवृति प्राप्त गर्ने श्रेया खडका, एसईइमा उत्कृष्ट अंक ल्याउने परासर तिम्सिना र सुदेश्ना सञ्जेललाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट ऋणीतर्फ नीरा थापा क्षेत्री, सकुन्तला अधिकारी, पुष्पा नेपाली, उत्कृष्ट बाल बचततर्फ शाम्भावी श्रेष्ठ, महिला उद्यमीतर्फ सृजना श्रेष्ठलाई सम्मान गरिएको थियो । सहकारीले सबैभन्दा धेरै सदस्य भएको समूहमा सक्रिय सर्वोत्तम समूह, उत्कृष्ट व्यवसायी समूहमा महिला उद्यमी सर्वोतम समूह, थोककर्जा अधिक लिने समूहमा राजपानी सर्वोत्तम समूह, अधिक बचत गर्ने समूह भावना सर्वोत्तम समूह, सबैभन्दा बढि कोष वृद्धिगर्ने समूहमा कालिका सर्वोत्तम समूह, र निष्ठावान् समूहमा चौघडा सर्वोत्तम समूहलाई सम्मान गरिएको थियो ।
सहकारीले उत्कृष्ट कर्मचारीतर्फ सदिना विडारी र हेटौँडा १० मा रहेको संस्कृत विद्यालयका वटुक र विद्यालयलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रम मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, कोष लेखा तथा नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्याय, संस्थाका सल्लाहकार हरिप्रसाद वाग्ले र टिकाप्रसाद कंडेल, पतञ्जली योग समितिका अध्यक्ष रामकृष्ण थापा, संस्थाका उपाध्यक्ष हरिमाया ढकाललगायतको आतिथ्यता रहेको थियो ।















