राप्रपा मकवानपुरका ३ नेताद्वारा पार्टी परित्याग

हेटौंडा । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक पार्टी परित्याग र प्रवेशको क्रम सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरमा एक दशकभन्दा लामो समयदेखि जिल्ला नेतृत्वमा रहेकाहरुले पार्टीमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् ।

राप्रपाका जिल्ला कोषाध्यक्ष गोपीप्रसाद न्यौपाने, राप्रपा जिल्ला सल्लाहकार महेन्द्र ईटेनी र कृष्णहरि पौडेल लगायतकाले पार्टी परित्याग गरेका हुन् । राप्रपा मकवानपुरका जिल्ला निर्वाचन समिति संयोजक समेत रहेका ईटेनीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूसहितका जिल्ला नेतृत्वले पार्टी परित्याग गरेको जनाएका छन् ।

पार्टीलाई महत्वपूर्ण सहयोग गर्दै आएका पार्टीका कार्यकर्ता साथीहरूले पार्टी नेतृत्वको फटाई, छलछाम र गैरजिम्मेवारीपूर्ण क्रियाकलापका कारणले गर्दा असन्तुष्टि उत्पन्न भएर पार्टी परित्याग गरिएको फेसबुकमार्फत जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीको सदस्यता राप्रपा मकवानपुरका जिल्ला कार्यवाहक अध्यक्ष सागर थापालाई बुझाएर पार्टीको साधारण सदस्य पनि नरहेको व्यहोरा उल्लेख गरेका छन् ।

साथै लामो समयसँग पार्टीमा सँगै काम गरेको गाउँ तथा जिल्ला तहका साथीहरूलाई विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गरिएको छ । बिहीबार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर १ बाट उम्मेदवार बनेका राप्रपाका नेता दीपकबहादुर सिंहले महिला उम्मेदवारप्रति अपमानित शब्द प्रयोग गरेको भन्दै आलोचनना भएको थियो ।

उनले ‘जुँगा समात्ने कि पेटिकोटको इँजार, तपाइहरुको विचार’ भन्ने अभिव्यक्ति दिएको विषय समाचार तथा सामाजिक सञ्जालमा आएको थियो । यता सोही दिन दीपकबहादुर सिंह आबद्ध राप्रपा मकवानपुरले भने महिलाप्रति अपमानित शब्द प्रयोग नगरेको दावी गर्दै विज्ञप्ती निकालेका थिए । राप्रपा मकवानपुरका कार्यबाहक सभापति सागर थापाले हस्ताक्षर गरेको विज्ञप्तीमा गलत हल्ला फैलाउने प्रयास भएको उल्लेख गरेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.