हाँडीखोलामा २१० को आँखा जाँच्दा १८ मा मोतिबिन्दु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलामा बुधबार निःशुल्क आँखा शिविर भएको छ । २१० जनाको आँखा जाँच गर्दा १८ जनामा मोतिबिन्दु फेला परेको छ । रोटरी क्लव अफ काठमाडौ मिडटाउन र हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा भएको कार्यक्रममा स्थानीय आयोजकको रुपमा मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालय र चैनपुर जेसीज मनहरी रहेको थियो ।

मनहरी गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा स्थानीयको सकृय सहभागिता रहेको थियो । मोतिबिन्दुका बिरामीलाई यहि शुक्रबार हेटौंडास्थित सामुदायिक अस्पतालमा निशुल्क शल्यक्रिया गरिने आयोजकले जानकारी दिएको छ । शिविरमा मोतिबिन्दुसँगै चस्मा लगाउनुपर्ने, दृष्टिदोष लगायतका समस्या बेसी देखा परेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालका ४ जना चिकित्सकको टोलीले आँखा जाँच गराएका थिए । स्थानीय आयोजक मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले रोटरी र जेसीजसंगको समन्वयमा आफ्नो वडामा आँखा शिविर सन्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, निवर्तमान अध्यक्ष रविन ढकाल, २०२५ का अध्यक्ष कृष्णप्रसाद ढकाल, २०२६ का अध्यक्ष सुरेश गौतम लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.