मकवानपुर । मकवानपुरबाट अवैध लागूऔषधसहित प्रहरीले २ युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ट्याब्लेटसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा हुनेमा रौतहटको परोहा नगरपालिका–६ बस्ने २३ वर्षीय महफुल आलम समेत २ जना रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुलाई आइतबार साँझ प्रहरी चौकी खानीखेतबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५१ प २२०९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्















