रुखबाट लडेर घाइते मकवानपुरका लामाको उपचारका क्रममा मृत्यु

file-photo

मकवानपुर । रुखबाट लडेर घाइते भएका मकवानपुरका सुरेश लामाको मृत्यु भएको छ । आज बिहान रुखबाट लडेर गम्भीर घाइते भएका ३५ वर्षीय लामाको हेटौँडामा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई हाल मनहरी–७ स्थित काका डिसा लामाको घरमा बस्दै आएका थिए । आज बिहान अन्दाजी ८ः५० बजेको समयमा लामा घरबाट करिब ३ किलोमिटर पश्चिमतर्फ रहेको मनकामना सामुदायिक वनमा घाँस काट्न गएका थिए ।

सो क्रममा साजको रुखमा चढी घाँस काट्दै गर्दा एक्कासी करिब ३० फिट तल खस्दा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका लामालाई उद्दार गरी उपचारको लागि हेटौँडा अस्पतालमा ल्याइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा १०ः२५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक लामाको शव हाल हेटौँडा अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.