हेटौंडा । हेटौंडा ३, बसामाडीमा रहेको बसामाडी सामुदायिक वन उपभोक्ता समूहको नव–निर्वाचित कार्यसमितिले बिहीबार एक समारोह बीच औपचारिक रूपमा शपथ ग्रहण गरेको छ।
गत मंसिर १३ गते सम्पन्न ३२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट आभाष बर्तौलाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको थियो। निर्वाचन मण्डल सदस्य रोशन गोले तामाङका अनुसार उपाध्यक्षमा कमला सिलवाल, सचिवमा अञ्जु राई, सह–सचिवमा विवेक गौतम र कोषाध्यक्षमा भवानी प्रसाद गौतम चयन भएका छन्।
त्यसैगरी सदस्यमा गंगा गौतम, मैया बर्तौला, रुपा दुलाल, कमला मोक्तान, विरबहादुर राई र सोमबहादुर तामाङ निर्विरोध निर्वाचित भएका हुन्। कार्यक्रममा समूहको नेतृत्व सम्हाली महत्वपूर्ण योगदान पुर्याएका निवर्तमान कार्यसमितिलाई सम्मानपत्रसहित बिदाइ गरिएको थियो।

हेटौंडा ३ नम्बर वडा अध्यक्ष ढलकबहादुर थापाको प्रमुख आतिथ्यता रहेको शपथ तथा सम्मान कार्यक्रममा सव- डिभिजन बन कार्यालय , सान्नटार कार्यालय प्रमुख रोहित खतिवडा र सव – डिभिजन बन कार्यालय , सान्नटार रेन्जर पर्शुराम देवकोटाको बिशिस्ट आतिथ्यता रहेको थियो ।
यस्तै, कार्यक्रममा मिलन टोल विकास संस्थाका अध्यक्ष, तथा वन समितिका सल्लाहकार कुमारसिंह लामा लगायतको उपस्थिति थियो।
कार्यक्रम निर्वाचन मण्डल संयोजक हर्कबहादुर पाख्रीनको सभाध्यक्षतामा सम्पन्न भयो।















