हेटौंडामा भत्किएको घर सफाइका क्रममा ढलान खसेर लाग्दा माझी घाइते

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ मा सडक विस्तारको क्रममा भत्काएको घर सफाइ गर्ने क्रममा एक कामदार घाइते भएका छन्।

बुधबार (आज) बिहान करिब ७:५० बजे उद्योग वाणिज्य संघ अगाडिको सडकछेउमा रहेको सुदिप थापाको भत्किएको घर हटाउने कार्य भइरहेको बेला अचानक दुई तला माथिको ढलान खस्दा कामदार जितेन्द्र माझी घाइते भएका हुन्।

रौतहट, माधवनारायण–७ लौकाहा निवासी तथा हाल हेटौंडा–१० बुद्धचोकमा डेरा गरी बस्ने १९ वर्षीय माझीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते माझीलाई ठेकेदार नवीन साहले उपचारका लागि हेटौंडा अस्पताल लगेका थिए। घाइतेको अवस्थालाई मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.