हेटौंडामा खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित ३ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–३ लेवटचोकमा गरिएको छोपी खोजीबाट खैरो हेरोइन जस्तो देखिने ८ ग्राम ४० मिलिग्राम लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार साँझ करिब ७:३० बजे प्रहरीले फडिन्द्र राज पुरीको डेराकोठामा शंकास्पद गतिविधि देखिएपछि गरिएको खानतलासी क्रममा उक्त पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

पक्राउ पर्नेमा हेटौंडा–३ लेवट बस्ने ४० वर्षीय फडिन्द्र राज पुरी, मूलघर बकैया–७ छतिवन रहेका हाल हेटौंडा–१९ बसोबास गर्दै आएका ४० वर्षीय सुवास खत्री र मूलघर मनहरी–५ हाडिखोला भएर हाल हेटौंडा–११ नवलपुर बस्ने ३४ वर्षीय बिनोद गुनी रहेका छन् ।

प्रहरीका अनुसार बरामद लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति प्राप्त गरी लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.