शुभकामना सहकारीको साधारणसभामा १९ जनालाई सम्मान

हेटौंडा । हेटौंडा १७ मा रहेको शुभकामना महिला जागृति वचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा विहीबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष शान्ता गौतमको अध्यक्षता तथा सहकारी संस्थाका ज्येष्ठ शेयर सदस्य गंगादेवी दमाईको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

सहकारीले साधारणसभाको अवसरमा विभिन्न विधामा १९ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा ज्येष्ठ शेयर सदस्य गंगादेवी दमाई र ठूलीमाया प्रजा, बाल बचतकर्तामा तनुज रिजाल, किशोरी बचतकर्ता विअप्सा गरञ्जा, उत्कृष्ट ऋणी सीताकुमारी बर्तौला र सावित्रा दर्जी रहेका छन् । यस्तै नियमित बचततर्फ नारायणी बलामी र भगवती राई, बाख्रापालक सदस्यतर्फ सर्मिला पाख्रिनलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक जानकी ढुंगानाले जानकारी दिइन् ।

यस्तै २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीलाई पनि सम्मान गरिएको छ । सामुदायिक विद्यालयतर्फ वंशगोपाल माध्यमिक विद्यालयबाट ३.७२ जिपीए प्राप्त गर्ने सुदीप चौलागाई, बालज्योती माध्यमिक विद्यालबाट ३.४५ जिपीए प्राप्त गर्ने निश्चल बस्नेत र जनप्रिय माध्यमिक विद्यालयबाट ३.६१ जिपीए प्राप्त गर्ने एरिना चौलागाई रहेका छन् ।

संस्थागत विद्यालयतर्फ तासिर बोर्डिङ स्कुलबाट ३.८७ जिपीए प्राप्त गर्ने स्प्रेया अर्याल र ३.४५ जिपीए ल्याउने स्वर्णिम महत, बालजागृति बोर्डिङ स्कुलबाट ३.८४ जिपीए प्राप्त गर्ने समृद्धि दाहाल र मकवानपुर बाल विद्यालय सदनबाट ३.४५ जिपीए प्राप्त गर्ने विवेक तिमल्सिनालाई सम्मान गरिएको छ । सहकारीले उत्कृष्ट कर्मचारी इन्दिरा तिमल्सिना र सञ्चालक समिति सम्मान कोषाध्यक्ष गंगा पराजुली र सञ्चालक सदस्य पशुपति मोक्तानलाई सम्मान गरेको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष शान्ता गौतमले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष गंगा पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । १ हजार ४४१ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी १ करोड ६ लाख, ऋण लगानी ९ करोड १३ लाख र कूल कारोवार ११ करोड २५ लाख रुपैयाँ रहेको कोषाध्यक्ष पराजुलीले जानकारी दिइन् । ७० प्रतिशत शेयर सदस्यहरुको उपस्थितिमा साधारणसभा भएको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.