शनिबारदेखि कान्ति लोकपथ दैनिक ७ घण्टा बन्द

हेटौंडा । यही शनिबार (भोलि)देखि कान्ति लोकपथ दैनिक ७ घण्टा बन्द हुने भएको छ । कान्ति लोकपथ सडकको विभिन्न भागमा सडक चौडा बनाउन र वर्षायाममा गएको पहिरो पन्छाउन लागिएकोले यही २० गते शनिबारदेखि बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सवारी साधन आउजाउ गर्न रोक लगाइने भएको हो ।

कान्ति लोकपथ राजमार्ग सडक आयोजना एकान्तकुना द्धारा जारी गरिएको सूचनामा कान्तिलोकपथको विभिन्न भागमा सडक कटिङ गर्नुपर्ने र पहिरो पन्छाउनुपर्ने भएकाले दैनिक ७ घण्टा सडकमा सवारी साधन आउजाउ गर्न रोक लगाएको उल्लेख गरेको छ । सूचनामा मंसिर २० गतेबाट ६० दिनसम्म बिहान ११ बजेदेखि ५ बजेसम्म कान्ति लोकपथमा सवारी साधन आउजाउ गर्न रोक लगाएको उल्लेख गरेको छ । वर्षायाममा यस राजमार्गमा व्यापक पहिरो गएको थियो ।

हेटौंडा हुँदै काठमाडौं आउजाउ गर्न सहज यस राजमार्ग प्रयोग गर्नेहरुलाई वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.