राष्ट्रिय ख्रिष्टियन महासंघ मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान
सबै धर्म, जाति र संस्कृति भएकाहरूबीच आपसी सम्मान र सहकार्य बढाउन योगदान पुर्याउने मुख्यमन्त्रीको विश्वास

हेटौँडा । राष्ट्रिय ख्रिष्टियन महासंघ मकवानपुरको आयोजनामा ख्रिष्टमस उत्सव तथा नव वर्ष सन् २०२६ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले सबै धर्म, जाति र संस्कृति भएकाहरूबीच आपसी सम्मान र सहकार्य बढाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले विविधताको सुन्दरता नै नेपालको पहिचान भएको उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र समतामूलक विकासका लागि सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय ख्रिष्टियन महासंघ मकवानपुरका प्रतिनिधिहरूले ख्रिष्टमस उत्सवले समाजमा भाइचारा, सेवा भावना र मानवताको मूल्यलाई अझ सबल बनाउने बताए । उनीहरूले प्रदेश सरकारसँग सहकार्य गर्दै सामाजिक तथा मानव सेवा कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, धर्मका अगुवाहरू, स्थानीयवासी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो । साथै कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, प्रार्थना तथा मैत्रीपूर्ण अन्तरक्रियासहित सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.