हेटौँडामा इट्टा बोकेको ट्रक पल्टिँदा चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ टुटेपानीस्थित भित्री सडकखण्डमा इट्टा बोकि आएको ट्रक पल्टिँदा चालक घाइते भएका छन् ।

आज बिहान करिब ८ः५५ बजे पदमपोखरीबाट टुटेपानीतर्फ जाँदै गरेको लु २ ख ६४९९ नम्बरको १२ चक्के ट्रक सडकमा हालिएको स्ल्याब कमजोर भएर भाँच्चिँदा अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

घटनाबारे जानकारी पाए लगत्तै प्र.चौकी पदमपोखरीबाट प्रभारी प्रहरी सहायक निरीषक दिलबहादुर तामाङको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेर बुझ्दा चालक बाराको सिम्रौनगढ–८ बस्ने २५ वर्षीय अकलेश कुमार साह दाहिने हात तथा पछाडिको भागमा सामान्य चोटसहित घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, स्थानीयले प्रहरी टोली पुग्नुभन्दा अघि नै साहलाई नजिकैको मेडिकलमा उपचारका लागि पु¥याईसकेका थिए । उनको अवस्था सामान्य रहेको छ ।

ट्रक घटनास्थलमै रहेको र आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.