मकवानपुर । मकवानपुरमा एक पुरुषको लडेर मृत्यु भएको छ । जिल्लाको कैलाश गाउँपालिका–५ ठोस्ने घर भई हाल थाहा नगरपालिका–४ ठुलोमार्खुस्थित ज्ञानमाया लामाको घरमा बस्दै आएका ४८ वर्षीय मानबहादुर जिम्बाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार, मंसिर १२ गते राति करिब १० बजेको समयमा एक्कासी लडी बेहोस भएको अवस्थामा भेटिएपछि बिहान मंसिर १३ गते घटना बारे जानकारी प्रहरीसम्म पुगेको थियो । जानकारी पाएपछि प्रहरी चौकी सिमभन्ज्याङबाट प्रहरी सहायक निरीक्षक कृष्ण मोहन प्रसाद गुप्ताको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल सुरक्षित गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको कमाण्डमा टोली खटिएको थियो । मुचुल्का प्रक्रिया पूरा गरी मृतकको शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















