हेटौँडा । बिजविजकमा उल्लेख भन्दा फरक सामान लोड गरेर ल्याएको एक ट्रकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख २७१९ नम्बरको ट्रकलाई प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटे चेकपोष्ट अगाडीबाट नियन्त्रणमा लिएको हो ।
शंकाको आधारमा चेकिङ गर्दा ६ लाख ८८ हजार रुपैयाँ बराबरको बिलबिजक भन्दा फरक सामान ल्याएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शंकाको आधारमा चेकिङ गर्दा बिलबिजक भन्दा फरक सामान ल्याएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।
साथै प्रहरीले ट्रकसहित चालक हेटौँडा ९ का २४ वर्षीय निशान बि.क.लाई समेत नियन्त्रणमा लिएको छ ।
ट्रक र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।















