राक्सिराङमा ५ वटा खानेपानी योजनाको सम्झौता

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्राथमिकतामा रहेका ५ वटा खानेपानी तथा सरसफाई योजना दातृ निकाय वाइन टु वाटर नेपालसँगको साझेदारीमा अघि बढाउने भएको छ । गाउँपालिका र वाइन टु वाटरको प्रतिनिधिबीच हिजो शुक्रबार ५ वटा योजनाको सम्झौता भएको हो ।

सम्झौतामा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, वडा नम्बर ३ अध्यक्ष उत्तम वाइबा, वाइन टु वाटर नेपालको कार्यक्रम संयोजक यज्ञराज जोशी र प्रतिनिधिको उपस्थिति रहेको थियो ।

गाउँपालिकाको अनुसार एक वर्षभित्र सम्पन्न हुने योजनामा १ नम्बर वडाको माथिल्लो ढुङ्गेनी–तल्लो खानेपानी तथा सरसफाई योजना, ९ को झामराङ, कर्कटा, तल्लो गाउँ, कोदेबाङ खानेपानी तथा सरसफाई योजना, ८ नम्बर वडाको कालिथान–हात्तिखोला खानेपानी तथा सरसफाई योजना, ७ को काकुलिङ खोला–बेशी खानेपानी तथा सरसफाई योजना र ६ को सिदाम खानेपानी तथा सरसफाई योजना रहेका छन् ।

सबै योजना स्थानीय समुदायसँगको सहकार्यमा अघि बढाइने वाइन टु वाटर नेपाल जनाइएको छ । ७५ प्रतिशत दातृ निकाय र २५ प्रतिशत गाउँपालिकाको बजेट लगानी रहने व्यवस्था गरिएको छ । वाइन टु वाटर नेपालले उक्त योजनाका लागि १ करोड ७१ लाख ३ सय १३ रकम उपलब्ध गराउनेछ भने गाउँपालिकाले ६५ लाख ७० हजार ४३ रुपैयाँ आर्थिक साझेदारी सुनिश्चित गरेको छ ।

योजनामा उपभोक्ता समितिको सक्रिय सहभागिता रहनेछ । स्थानीय उपभोक्ताबाट २६ लाख ३० हजार बराबरको श्रमदान अपेक्षित गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.