बागमतीमा विद्यालय क्यान्टिन तथा होटल व्यवसायी लक्षित सचेतना कार्यक्रम

हेटौंडा । बागमती गाउँपालिकामा विद्यालय क्यान्टिन सञ्चालक र स्थानीय होटल व्यवसायी लक्षित खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार गाउँपालिकाका विद्यालय र स्थानीय बजारमा उपलब्ध खाद्य सामग्रीको गुणस्तर अभिवृद्धि, स्वच्छता प्रवर्द्धन र उपभोक्ता स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका क्यान्टिन सञ्चालक, कार्यालय सहयोगी, किराना र होटल व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूलाई गुणस्तरीय, सुरक्षित र स्वच्छ खाद्य सामग्री उत्पादन तथा वितरणसम्बन्धी जानकारी दिइएको बताइएको छ ।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीको बिशिस्ट आतिथ्यता, पन्कज दाहाल, सार्थक घिमिरे लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रम खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय हेटौडाकी प्रमुख बिमला पोख्रेलको सभाध्यक्षतामा सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.