मकवानपुरमा मतदानबाट एमाले महाधिवेशन प्रतिनिधि छनौट हुँदै

हेटौंडा । नेकपा एमालेको ११ औं महाधिवेशनको लागि प्रतिनिधि चयन गर्न मकवानपुरमा निर्वाचन हुने अवस्था देखिएको छ । मकवानपुरबाट महाधिवेशनका लागि १७ जना प्रतिनिधि छनौट हुनुपर्नेमा ८३ जनाको उम्मेदवारी परेस“गै सहमतिको सम्भावना न्यून बनेको हो ।

बुधबार उम्मेदवारी दर्ता गरिएसँगै सहमतिको प्रयास भएपनि सम्भावना नदेखिएको एमाले मकवानपुरका एक नेताले जानकराी दिए । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका अधिकांश उम्मेदवार देखिएपनि प्रतिनिधि हुनका लागि सबैजना आ–आफ्नो पक्षमा लबिङ गरिरहेका छन् ।

सहमति नभएको खण्डमा प्रतिनिधि चयनको लागि शुक्रबार निर्वाचन हुने नेकपा एमाले मकवानपुरले जनाएको छ । एमाले महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहने भनेपनि मकवानपुरबाट दरिलो साथ हुने देखिँदैन ।

जिल्लामा भण्डारी निकट मानिएका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल तथा पूर्व सांसद कृष्ण दाहाल प्रतिनिधि छनौटको क्रममा मौन बसेका छन् । उनीहरु समेत ओली पक्षमा रहेको जिल्लाका नेताहरुले दावी गरेका छन् । ‘मकवानपुरमा अधिकांश ओली पक्षमा देखिएको छ । जसका कारण पनि सहमतिको प्रयास भइरहेको छ ।

सहमति नभएको खण्डमा निर्वाचनबाट प्रतिनिधि छनौट हुनेछ’, एमाले मकवानपुरका युवा नेता सन्तोष चौलागाईंले भने । मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल वरिष्ठ उपाध्यक्ष पोखरेल निकट मानिएपनि स्वास्थ्य समस्याका कारण उनी हाल क्रियाशील छैनन् । स्वास्थ्य उपचारमा व्यस्त रहेका उनले प्रतिनिधि छनौटमा चासो नै दिएका छैनन् ।

एमाले महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हु“दैछ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ ३० जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटी संयोजक सूर्यचन्द्र न्यौपानेले जानकारी दिए । महिलातर्फ ८ जना र युवातर्फ १० जनाले उम्मेदवारी दिएका छन् ।

न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नम्बर २ बाट खुलातर्फ १६ जना, महिला तर्फ १० र युवा तर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ बाट ८ जना र क्षेत्र नम्बर २ बाट ८ जना निर्वाचित हुने छन् । दलित क्षेत्रअन्तर्गत् १ जना प्रतिनिधिको लागि जिल्लाभरबाट तीनजनाको उम्मेदवारी परेको छ ।

क्षेत्र नम्बर १ र २ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना चयन हुनेछन् । प्रतिनिधि छनौटका लागि क्षेत्र नम्बर १ बाट ४ हजार १०९ जना, क्षेत्र नम्बर २ बाट ४ हजार २६४ जना र दलित क्षेत्रबाट २६२ जना मतदाता रहेको एमाले मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.