लागुऔषध ट्रामाडोलका १५ हजार ९६० क्याप्सुलसहित हेटौंडामा अटो चालक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित एक अटो चालकलाई नियन्त्रणमा लिएको छ। बिहीबार बिहान ११ बजेर ३० मिनेटतिर राप्तिरोडतर्फबाट थानाभर्याङ जाँदै गरेको बा.प्र.०३–००१ ह ०१२६ नम्बरको अटो प्रहरीलाई देख्नेबित्तिकै फरार हुन खोजेकोले शंका उत्पन्न भएपछि प्रहरीले पछ्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरी टोलीले अटो पछ्याउँदै जाँदा हेटौंडा उपमहानगरपालिका–१, तरकारी बजार क्षेत्रमा अटो रोकेर चालकलाई नियन्त्रणमा लिएको हो। खानतलासी गर्दा अटोभित्र लुकाइ–छिपाइ राखिएको १५ हजार ९६० क्याप्सुल ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अटो चालक हेटौंडा १३ का २७ वर्षीय सोनम मोक्तानलाई पक्राउ गरी लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

यस्तै, बरामद गरिएको अटो र लागुऔषध दुवै प्रहरीले नियन्त्रणमा लिएर थप कारबाही भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.