मकवानपुर । मकवानपुरको भीमफेदी बस्ने राजेश परियार मृत अवस्थामा भेटिएका छन् । ४५ वर्षीय परियार भीमफेदी गाउँपालिका–९, मनकामना डाँडास्थित देउराली सामुदायिक वनको बाघमारा क्षेत्रमा बुधबार मृत अवस्थामा भेटिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार, परियार बुधबार दिउँसो आफ्नी श्रीमती बिन्दा परियारसँग घरदेखि उत्तरतर्फको सामुदायिक वनमा घाँस काट्न गएका थिए । उनी हर्रोको रुखको फेदमा अडेसो लगाएर बसेको अवस्थामा मृत भेटिएका हुन् ।
बाहिरी चोट नदेखिए पनि, प्रारम्भिक अनुमान अनुसार हृदयघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनीसँगै रहेकी श्रीमती बिन्दा परियार बेहोस् अवस्थामा फेला परेको र स्थानीयले उनलाई उद्धार गरी घर लगेका छन्।
मृतकको मुचुल्कासहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको छ ।
प्रतिकृया दिनुहोस्















