हेटौँडा । हेटौँडा बजार क्षेत्रभित्र मुख्य राजमार्गलाई २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्ने तयारी तीव्र बनेसँगै डिभिजन सडक कार्यालय आन्तरिक रूपमा सक्रिय भएको छ ।
सडक विस्तार कार्य प्रभावकारी बनाउन कार्यालयले आवश्यक मेसिनरी तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
कार्यालयका स्रोतका अनुसार, पहिलो चरणमै २० वटा डोजर परिचालन गर्ने तयारी गरिएको छ । यसको लागि हेटौँडा तथा आसपासका क्षेत्रमा रहेका डोजर र अन्य हेभी इक्विपमेन्ट संकलन भइरहेको छ ।
सूचना अधिकारी यादव सुवेदीका अनुसार, आवश्यकता परेमा जनकपुर र काठमाडौंबाट पनि थप मशीनरी ल्याइनेछ ।
डिभिजन सडक कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्ममा रहेका स्थायी–अस्थायी संरचना हटाउन आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्















