हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका निर्वाचित वडा सदस्य बिकास नेपालले नेपाली काँग्रेस मकवानपुरलाई २० थान कुर्सी सहयोग गरेका छन्। आइतबार पार्टी कार्यालय पुगेर उनले जिल्ला सभापति बुद्ध लामालाई कुर्सी हस्तान्तरण गरेका हुन्।
यसअघि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी हुँदा प्रयोग गर्ने कुर्सीहरू जलेर नष्ट भएको थियो । त्यसपछिको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उनले कुर्सी प्रदान गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्















