बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेशसभाको चालु वर्षे अधिवेशन अब अन्त्य भएको छ ।

प्रदेश मन्त्रिपरिषद्ले बुधबार बसेको बैठकमा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार, संविधानको धारा १८३ को उपधारा २ अनुसार अधिवेशन आज मङ्सिर ३ गते राति ११ः५९ बजेदेखि अन्त्य हुने तय भएको छ।

उनले थपे, सरकारले छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.