मकवानपुर । गत भदौं २४ गते जेनजी आन्दोलनको क्रममा फरार एक एक जनालाई मकवानपुरबाट पक्राउ गरिएको छ । काठमाडौंको केन्द्रिय कारागार सुनधाराबाट फरार भएका भुपेन्द्र बस्नेतलाई प्रहरीले मकवानपुरको थाहा नगरपालिका–९, बस्नेत टोलबाट पक्राउ गरेको हो ।
३२ वर्षीय बस्नेत त्यहाँ बस्दै आएका थिए । उनी लागूऔषध खैरोहिरोईन मुद्दाका फरार प्रतिबादी रहेका थिए। उनलाई हिजो झण्डै साढे २ महिनापछि इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सक्रिय अनुसन्धान र गुप्त सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनलाई तत्काल आवश्यक कारबाहीका लागि भीमफेदी कारागारमा बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर प्रहरीका अनुसार, जेनजी आन्दोलनका क्रममा धेरै व्यक्तिहरूले तोडफोड र आगजनी गरेका थिए र कारागारबाट फरार भएका केही कैदीहरू अझै खोजीमा रहेका छन्।
प्रतिकृया दिनुहोस्















