हेटौंडा बसपार्क नजिक अज्ञात पुरुष मृत अवस्थामा फेला

मकवानपुर ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्क नजिक एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्। आइतबार (आज) बिहान करिब ८:४५ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक वर्ष करिब ३०–३५ वर्ष उमेरका, नाम–थर तथा ठेगाना नखुलेका मागी खाई हिँड्ने जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटना सम्बन्धी सूचना आएपछि प्रहरी चौकी बसपार्कबाट टोली खटिँई मुचुल्का उठाउने, पहिचान खुलाउने तथा मृत्युको कारणबारे अनुसन्धान थालिएको छ। शव फेला परेको स्थान प्रहरी चौकी बसपार्कबाट करिब ५०० मिटर पश्चिमतर्फ पर्छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.