खैरो हिरोइन सहित मनहरीकी श्रेष्ठ पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिक लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक महिला पक्राउ परेकी छन्।

शुक्रबार साँझ करिब ६ः३० बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गको रातोमाटे चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३–००१ ज ९९८ नम्बरको ईभी गाडी रोकेर जाँच गरेको थियो।

चेकजाँचका क्रममा मनहरी गाउँपालिका–९ की ३६ वर्षीया अनिता श्रेष्ठको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने १४.७६ ग्राम धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त पदार्थसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.