हेटौँडामा जेसीज सप्ताह–२०२५ अन्तर्गत अन्तर शाखीय वक्तृत्वकला प्रतियोगिता

हेटौँडा । जेसीज सप्ताह–२०२५ अन्तर्गत जेसीआई हेटौँडाले आयोजना गरेको ‘अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता’ बुधबार सम्पन्न भएको छ । ‘भिजन, एक्सन, सक्सेस’ शीर्षकमा आयोजित कार्यक्रममा १२ जना जेसीज सदस्यहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सन्तोष पराजुली प्रथम, संजय कुमार न्यौपाने द्वितीय, र किरण आले तथा विवेक फुयाल तृतीय स्थानका सह–उपविजेता घोषित भएका छन् ।

कार्यक्रमको निर्णायक मण्डलमा सन् २००८ र २०१५ का शाखा अध्यक्ष क्रमशः कुश रिजाल र दीपक राज मिश्र रहेका थिए ।

सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाँको सभाध्यक्षतामा सम्पन्न वक्तृत्वकला प्रतियोगिताको संयोजक सृजन राज बज्राचार्य रहेका थिए भने सन् २००१ का पूर्व शाखा अध्यक्ष धर्मकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

जेसीज सप्ताहको क्रममा यसअघि रक्तदान तथा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य सामाजिक तथा व्यक्तित्व विकासमुखी कार्यक्रमहरू सञ्चालन गरिने जेसीआई हेटौँडाका महासचिव न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.