मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्ति नजिक सवारी दुर्घटनामा एक बृद्धा महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ८४ वर्षीया इन्द्र कुमारी स्याङतान रहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, बिहीबार दिउँसो करिब ४ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निर्मलबस्ति क्षेत्रमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्याङतानलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी स्याङतानलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकी थिइन्। तर, उपचारको क्रममा साँझ ५ बजेर ६ मिनेटमा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न ट्रक र चालक धनुषाको मिथिला नगरपालिका–६ बस्ने २५ वर्षीय संजित कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्















